लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-३०
- A
- A-
- A+
जिल्ला चितवन भरतपुर महानगरपालिका-११ मनकामाना टोल स्थित
रहेको खाजा घरमा लागूऔषध कारोबार भई रहेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ अस्थाई
प्रहरी पोष्ट भोजाडबाट टोली खटि गई उक्त स्थानबाट ट्रामाडोल-२४१० पिस, एनारगन-२५००
पिस लागूऔषध, नगद रु.४९,७९०।- र प्रदेश ३-०३-००१प ६५५४, बागमती प्रदेश ०२-०२९ प ७४९५, बा-प्र-०३-००५
प ५३९ नम्बरको मोटरसाईकल ३ थान सहित जिल्ला चितवन भरतपुर म.न.पा-२५ बस्ने वर्ष ३०
को निरज क्षेत्री, चितवन भरतपुर म.न.पा-११ बस्ने
वर्ष ३४ को बिजय कुमाल, चितवन भरतपुर म.न.पा-२५ बस्ने वर्ष २५ को अजित
बि.क., चितवन भरतपुर म.न.पा-११ बस्ने वर्ष ३९ को बसन्त लामालाई नियन्त्रणमा लिई थप
अनुसन्धान कार्य भई रहेको छ ।