लागूऔषध खैरो हिरोइन सहित मानिस पक्राउ
२०८३-०८-०२
- A
- A-
- A+
जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ हटियाचोक
स्थितमा बस्ने वर्ष अन्दाजी २८ को विशाल बि.क.लाई अस्थाई प्रहरी पोष्ट हटिया
मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा निजको
साथबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम फेला पारी
नियन्त्रणमा लिईएको छ । उक्त घटनाको थप अनुसन्धान कार्य भई रहेको छ ।