लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८३-०८-०१
- A
- A-
- A+
चितवन इच्छाकामना गाउँपालिका-३ फिस्लिङ बजार स्थितमा गाँजा बेचबिखन भएको छ भन्ने गोप्य सूचनाको
आधारमा इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरी टोलिले जिल्ला सर्लाही
बरथहवा नगरपालिका-२ घर भइ हाल जिल्ला चितवन इच्छाकामना गाउँपालिका-३ फिस्लिङ राजेश
गुरुङको घरमा डेरा गरी बस्ने वर्ष २८ को बिजय अधिकारीको कोठामा इच्छाकामना गाउँपालिका-३
बस्ने वर्ष २५ को गुकुल मान गुरुङले लुकाइ छिपाइ राखेको अवस्थामा २ के.जी. लागूऔषध
गाँजा फेला पारी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।