प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०८-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, तिनताप्के स्थित पुर्व पश्चिम सडकखण्डमा मनहरीबाट बिरगन्ज तर्फ जाँदै गरेको बा १० च  ५३३ नं. को TATA योद्दा गाडीलाई शंका लागि चेकजाँच गर्दा गाडीको ढालामा बालुवा र मलले छोपि राखिएको लागुऔषध गाँजा २० पोका (तौल गर्दा १११ के.जी.) फेला परेको । चालक देश भारत जिल्ला मोतिहारी चैनपुर ढाका थाना बस्ने अन्दाजी वर्ष ३० को महोमद समिरलाई लागुऔषध गाँजा र गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको ।

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।