प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०१-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९, ज्यामिरे स्थित पुर्व पश्चिम सडकखण्डमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी हबल्दार नवराज पन्तको कमाण्डमा खटिएको मोटरसाईकल गस्ति टोलिले मनहरी गाउँपालिका-९, स्थित पैदल हिडिरहेको जिल्ला पर्सा बिरगंज महानगरपालिका-४, बस्ने  वर्ष अन्दाजी २७ को दिपक थापालाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले बोकेको पछाडी भिर्ने कालो झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ६ के.जी. फेला परेको । निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।