लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-२४
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१,
पोखरा बसपार्क गौरेश्वर मन्दिर अगाडी वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट प्रहरी
सहायक हवल्दारको कमाण्डमा खटिएको सादा पोसाकको टोलिले संकास्पद लागि चेकजाँच गर्ने
क्रममा जिल्ला चितवन भरतपुर महानगरपालिका-४, लंकु बस्ने वर्ष ३६ को कृष्ण हरी
कंडेलको साथबाट प्रतिबन्धित लागुऔषध डाईजेपाम २९ एम्पुल, फेनारगन
२९ एम्पुल, ब्रोफिन नुफिन २९ एम्पुल गरि जम्मा ८७ एम्पुल, नगद रु १८०००/ (अठार
हजार) रुपैया र निजले चढि आएको बा.प्र.०३-००३ प १७५३ नं.को मोटरसाईकल समेत
नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई राखिएको । यस घटना सम्बन्धमा थप अनुसन्धान
कार्य भईरहेको छ ।