प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

३८० किलोग्राम लागुऔषध गाँजा सहित २ जना पक्राउ

२०८०-०९-०३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, आँपटारी स्थितमा JH-02W.9631 नम्बरको भारतीय ट्रक एता उता घुमाई रहेको अवस्थामा शंका लागि ट्रक चालक देश भारत सम्बल जिल्ला बस्ने ४५ वर्षीय अनिल गिरी र सहचाकल सोही ठेगाना बस्ने ३० वर्षीय राजपाल समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा ट्रकको अगाडी क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई राखेको लागुऔषध गाँजा सानो ८ पोका, ठुलो २० पोका गरी जम्मा २८ पोका अन्दाजी ३८० किलोग्राम फेला पारी थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।