प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०३-०९

  • A
  • A-
  • A+
Share

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९, मझिमटार चेकपोष्ट स्थित पृथ्वीलोक मार्गमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, गजुरी र प्रहरी चौकी जोगीमारा, धादिङबाट खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट भारत तर्फ जाँदै गरेको HR 38 U3431 नम्बरको भारतिय डिब्वा कन्टेनरलाई  चेकजाँच गर्ने क्रममा अन्दाजी ६१३ के.जी. लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थितमा अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको गस्ती टोलीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-४, अदुवाबारी बस्ने वर्ष २५ को शंकर मिजारलाई अन्दाजी २ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।