प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

२०२ किलोग्राम लागुऔषध गाँजा सहित ३ जना पक्राउ

२०८०-०१-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-७, आग्रा बस्ने अन्दाजी ७६ वर्षीय भिम बहादुर थिङ, अन्दाजी ३९ वर्षीय शिवराज थिङ र ६७ वर्षीय ईन्द्र बहादुर थिङको घरमा लागुऔषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौंबाट खटिएको प्रहरी टोलिले भिम बहादुर थिङ र शिवराज थिङको घरबाट ३० वटा पोकाहरूमा २७ किलोग्राम गाँजाको धुलो र ईन्द्र बहादुर थिङको घरबाट १० वटा बोराहरूमा १७५ किलो लागुऔषध गाँजा गरी कुल जम्मा २०२ किलो लागुऔषध गाँजा फेला पारी निजहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।