प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-३०

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-११, बाझो खेत बि.पि राजमार्गमा विशेष सूचनाको आधारमा पूर्वबाट काठमाण्डौ आउदै गरेको मे १ च३५९७ नम्बरको स्कार्पियो गाडिलाई अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङ र लागु औषध व्युरो कोटेश्वरबाट खटिएको ८ जनाको संयुक्त प्रहरी चेकिङ टोलीले उक्त गाडी रोकी चेकजाँच गर्ने क्रममा सोहि गाडीमा सवार जिल्ला ईलाम घर भई हाल भारतीय सेनामा कार्यरत ३२ वर्षीय सुमन राईको निलो झोला चेकजाँच गर्ने क्रममा खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने अन्दाजी ०७ ग्राम फेलापारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।