प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-१२-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, खयरघारी स्थित मायस चौकीबाट खटिएको गस्ती टोलिले शंकास्पद अवस्थामा हिडिरहेको सुनाचुरी बस्ने २६ वर्षीय सरोज गौतमलाई रोकी चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको‌ ४ किलोग्राम लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-१२-०४

धादिङ, गजुरी गाउँपालिका-२, रातामाटे स्थित राक्सीङबाट चालिसेतर्फ आउँदै गरेको बा. ९३ प. ३३४० नं. को पल्सर मोटरसाईकलमा लागुऔषध गाँजा ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा रातो जेब्रा झोला र खैरो लेदरको झोला भित्र अन्दाजी ६ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको । मोटरसाईकल चालक जिल्ला धादिङ गजुरी गाउँपालिका-३, वालसिङ्ग बस्ने वर्ष २३ को सुनिल तामाङ र सोहि बस्ने वर्ष ३५ को दिल बहादुर तामाङलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।