प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित एक जना पक्राउ

२०८०-०३-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले बिरगंजबाट चितवन तर्फ जान आउँदै गरेको ना ६ ख ५६७७ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-७ बस्ने अन्दाजी २३ वर्षीय बिबेक सापकोटाको साथबाट लागुऔषध नाईट्राभेट ट्यावलेट १३ वटा (१ पत्ता) फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी चोक स्थित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुमन चापागाईको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नं.को बसलाई रोकी चेकजाँच गर्दा जिल्ला धादिङ गल्छि गाउँपालिका-४, बेल्खु स्थित अम्लेश्वर पेट्रोल पम्पबाट उक्त बसमा चढेका वर्ष ४४ को बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारीलाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको २ वटा कालो झोला भित्र प्लाष्टिकले पोको पारेको अन्दाजी १ किलोग्राम बराबरको ४/४ वटा गरी ८ वटा पोकामा अन्दाजी ८ किलोग्राम बराबरको लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।