प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मनिस नियन्त्रणमा

२०८०-०६-१३

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडि स्थित भण्डारा तर्फ आउँदै गरेको गाडिमा लागुऔषध गाँजा बोकेर ल्याँउदै छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोलि खटि गई निजहरूले बोकेको झोला चेकजाँच गर्दा झोला भित्र लुकाईछिपाई ल्याएको ६ किलो लागु औषध गाँजा फेला परेको थियो । जिल्ला परासि रामग्राम नगरपालिका-१२, वस्ने वर्ष ३० को किसुन भर र सोहि बस्ने १९ वर्षीय अर्जुन भर लाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।