प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मनिस नियन्त्रणमा

२०८०-०६-१३

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडि स्थित भण्डारा तर्फ आउँदै गरेको गाडिमा लागुऔषध गाँजा बोकेर ल्याँउदै छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोलि खटि गई निजहरूले बोकेको झोला चेकजाँच गर्दा झोला भित्र लुकाईछिपाई ल्याएको ६ किलो लागु औषध गाँजा फेला परेको थियो । जिल्ला परासि रामग्राम नगरपालिका-१२, वस्ने वर्ष ३० को किसुन भर र सोहि बस्ने १९ वर्षीय अर्जुन भर लाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।