प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०१-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगपालिका-१०, न्युरेनी स्थित सोही ठेगाना बस्ने ४१ वर्षीय होम बहादुर थापा मगरको घरमा लागुऔषध विक्री वितरण गरेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले उक्त स्थानमा गई चेकजाँच गर्दा लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्राम फेला परेकोले उक्त लागुऔषध र निज सहित सोही ठेगाना बस्ने २७ वर्षीय अनिल मोक्तान र हेटौंडा उपमहानगपालिका-११, थानाभर्‍याङ बस्ने २५ वर्षीय रोहित राना मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।