प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-११-११

  • A
  • A-
  • A+
Share

सिन्धुली, मरिण गाउँपालिका-४, चुरे जङ्गल स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिईएको छ । हरिहरपुरगढी गाउँपालिका-७, हरलाभरला हुँदै लालबन्दी तर्फ ३ वटा मोटरसाईकलमा लैजाँदै गरेको अन्दाजी ११५ किलो लागुऔषध गाँजा प्रहरीले फेला पारेको थियो । प्र.२-०३-००१ प ८३७१, ना.३७ प ४२२९ र बा.७४.प २२८० नं.को  मोटरसाईकलहरू सहित ४ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा आउने मानिसहरू हरिहरपुरगढी गाउँपालिका-७ बस्ने रमन सिंह वाईबाको छोरा वर्ष ५१ को चन्द बहादुर वाईबा, सोहि बस्ने पदम बहादुर वाईबाको छोरा वर्ष २७ को सूर्य बहादुर वाईबा, कालिदास वाईबाको छोरा वर्ष ४० को बिर्ख बहादुर वाईबा र जिल्ला सर्लाही लालबन्दी नगरपालिका-१४ बस्ने सुर्य बहादुर वाईबाको छोरा वर्ष ३२ को मनधोज वाईबा रहेका छन् । निजहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि ढुङ्गा, मुढा र खुकुरी प्रहार हुँदा प्रहरीले पेस्टोलबाट १ राउण्ड फायर गरि निजहरूलाई नियन्त्रणमा लिईएको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न ।
२०८२-०३-२४

बागमती प्रदेश, धुलिखेल, काभ्रेपलाञ्चोक: आज मिति २०८२।०३।२४ गते तालुक नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा धुलिखेल, काभ्रेपलाञ्चोकमा संचालन भएको एक दिवसीय “प्रदेशस्तरीय सुरक्षा गोष्ठी” कार्यक्रम बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यता र श्रीमान गृह सचिव गोकर्णमणि दुवाडी ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा, विशिष्ट अतिथि बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालज्यू, नेपाली सेनाका बलाधिकृत रथी निर्मल कुमार थापाज्यू, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाज्यू, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाज्यू, NDRRMA कार्यकारी प्रमुख ई. दिनेश भट्टज्यू, नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा समन्वय महाशाखा प्रमुख, सहसचिव श्री रामचन्द्र तिवारीज्यू, प्रदेश सुरक्षा समितिका पदाधिकारीज्यूहरू, बागमती प्रदेशका (१३) वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरू, सिनियर प्रहरी अधिकृतज्यूहरू लगायत विभिन्न संञ्चार माध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीज्यूहरुको उपस्थित रहेको थियो । कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाहरूको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीज्यूहरूले आ-आफ्नो जिल्लाको समग्र विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरज चन्द्र लामिछानेज्यूबाट “प्रदेश स्तरीय सुरक्षा गोष्ठी” मा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू एवं अन्य अतिथिज्यूबाट राख्नु भएका विषयवस्तुका सम्बन्धमा आवश्यक निर्देशन सम्बोधन पश्चात कार्यक्रमका अध्यक्ष श्रीमान् गृह सचिव गोकर्णमणि दुवाडीज्यूको मन्तव्य सहित “प्रदेशस्तरीय सुरक्षा गोष्ठी” कार्यक्रम सम्पन्न भएको थियो ।

११ किलोग्राम लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-२२

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिम्टार स्थित पृथ्वी लोकमार्गमा आदमघाटबाट चितवन तर्फ जाँदै गरेको जिल्ला धादिङ गजुरी गाउँपालिका-७ किरान्चोक बस्ने वर्ष ३६ को राजेन्द्र खड्काले चलाएको बागमती प्रदेश ०३-००१ ह. २१२६ नं. को अटोलाई प्रहरी चौकी जोगिमाराबाट खटि गएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रम्मा उक्त अटोमा लुकाई छिपाई राखेको रातो निलो कलरको प्लास्टिकमा पोका पारेको ११ पोका अन्दाजी ११ किलो लागुऔषध गाँजा फेला परेको छ । उक्त लागुऔषध गाँजा सहित अटो र निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध खैरोहिरोईन सहित मानिस नियन्त्रणमा
२०८२-०३-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, आरामपुर स्थित सोही स्थानको मानेडाँडा बस्ने सन्त बहादुर पाख्रिनको छोरा वर्ष अन्दाजी ३४ को बिनोद पाख्रिनले लागुऔषधको कारोवार गरिरहेको छ भन्ने  विशेष सुचनाको आधारमा खबर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई निजललाई शंका लागि चेकजाँच  गर्दा निजले लगाएको पाईन्टको गोजिमा लुकाइ छिपाइ गरीराखेको  सानो सानो ८ पुरीयामा अन्दाजी ०.९ मिली ग्राम लागु औषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको । निजलाई लागुऔषध खैरोहिरोईन सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।