प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-१९

  • A
  • A-
  • A+
Share

चितवन, माडि नगरपालिका-, प्रहरी चौकी सोमेश्वर कार्यालय अगाडि प्रहरी हायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा ठोरीबाट काठमाडौं तर्फ जादै  गरेको ना. ५ ख ४३७८ नं. को टुरिष्ट बसमा चेकजाँच गर्दा, उक्त बसको डिक्कि भित्र  सेतो रंगको प्लाष्टिकको बोरा भित्र रहेको कार्टुनमा लुकाई छिपाई ल्याइएको कोरेक्स (प्रति बोतल १०० ML)  २३६ बोतल, ट्रामाडोल ७ पत्तामा ७० क्याम्पसुल गाँजा जस्तो देखिने पदार्थ अं.२०० ग्राम लागुषध फेला परेको । बसमा सवार जिल्ला चितवन माडि नगरपालिका-, खरकट्टा बस्ने वर्ष २९ को सुजन थापालाई नियन्त्रणमा लिई  थप अनुसन्धानको लागि प्रहरी चौकी सोमेश्वर माडिमा ल्याइ  राखेको

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।