प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित २ जना महिला नियन्त्रणमा

२०८२-०७-२१

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-२ सिनेमा रोड स्थित इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको शादा पोशाकको टोलीले विशेष सूचनाको आधारमा जिल्ला चितवन खैरहनी नगरपालिका-, बस्ने वर्ष अन्दाजी २३ की चन्दना परियार र जिल्ला काठमाण्डौं धापासी बस्ने वर्ष अन्दाजी २३ की पवित्रा खत्रीको साथबाट लागुषध प्रोमेथिन ८० ट्याब्लेट, ट्रामाडोल ७३ ट्याब्लेट र भोमिट १० ट्याब्लेट फेला परेको थियो । लागुऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाएको । 

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।