प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०४-३०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उप-महानगरपालिका-२ शान्तिटोल बस्ने वर्ष अन्दाजी ३६ को इश्वर अर्यालको घरमा  लागुऔषध कारोबार भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोही हेटौंडा उप-महानगरपालिका-४ कमलडाँडा बस्ने बर्ष अन्दाजी ३५ को नबिन बर्तौलालाई खानतलासी गर्ने क्रममा   दुबै जनाको साथबाट ३ ग्राम २४०  मिलि ग्राम  खैरोहिरोईन जस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।