प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अन्दाजी १० क्युन्टल बराबरको लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०३-१६

  • A
  • A-
  • A+
Share

मकवापुर, कैलाश गाउँपालिका-५, कटहरे स्थित लागू औषध नियन्त्रण व्युरो काठमाण्डौंबाट खटिआएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला मकवानपुर, कैलाश गाउँपालिका-५, कटहरे बस्ने अन्दाजी ७३ वर्षीय हरि बहादुर वाईबा, सोही ठेगाना बस्ने अन्दाजी ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र अन्दाजी १९ वर्षीय राजेन्द्र लामाको घरमा खानतलासि गर्दा ५४ बोरा अन्दाजी १० क्युन्टल लागू औषध गाँजा (तौल गर्न बाकी)  फेलापारी लागू औषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।