प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ

२०८२-०८-१४

  • A
  • A-
  • A+
Share

मकवानपुरथाहा नगरपालिका-६ बज्रबाराहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५५ ट्याब्लेट, स्पास्मो १४ ट्याब्लेट, स्टेगन १० पिस र नगद १४ हजार ३ सय ३० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-१ ओखरगाउँ बस्ने २४ वर्षीय सुजन प्रधान र सोही नगरपालिका-१ कट्टी बगल बस्ने २४ वर्षीय अशोक तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट बज्रबाराहीबाट खटिएको प्रहरीले पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०११ प ४८१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 


मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-७ बस्ने ३० वर्षीय सुनिल आचार्य र सोही नगरपालिका-८ बस्ने ३१ वर्षीय किरण कार्की रहेका छन् । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले बस्तीपुरबाट लेवर्टतर्फ आउँदै गरेको म.प्र.०३-०३२ प ३०१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।