प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०८-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ स्थितमा अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरी टोलीले काठमाण्डौंबाट महोत्तरी तर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ४४८९ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा जिल्ला ताप्लेजुङ, घर भई हाल जिल्ला सर्लाही, मलंगवा नगरपालिका-४ स्थित डेरा गरी बस्ने ३० वर्षीया मनिषा लिम्बु र सोही ठेगाना बस्ने ३९ वर्षीया शान्ति लिम्बुको साथबाट अन्दाजी १४ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध गाँजा सहित निज दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।