प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०८-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ स्थितमा अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरी टोलीले काठमाण्डौंबाट महोत्तरी तर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ४४८९ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा जिल्ला ताप्लेजुङ, घर भई हाल जिल्ला सर्लाही, मलंगवा नगरपालिका-४ स्थित डेरा गरी बस्ने ३० वर्षीया मनिषा लिम्बु र सोही ठेगाना बस्ने ३९ वर्षीया शान्ति लिम्बुको साथबाट अन्दाजी १४ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध गाँजा सहित निज दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।