प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१०-१८

  • A
  • A-
  • A+
Share

मकवनापुर, राक्सिराङ गाउँपालिका-५ चैनपुर बगर स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरी बाट प्रहारी निरिक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले बिशेष सुचनाको आधारमा चैनपुर मनहरी सडक खण्डमा लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने सोहि गाउँपालिका-५ बस्ने ३६ वर्षीय राम कुमार प्रजा रहेका छन् । ठाडेचुरी बाट घट्टे खोला तर्फ जाँदै गरेको ४/५ जना मानिसहरु पिठ्युमा बोरा बोकी हिडी रहेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देख्ना साथ पिठ्युमा बोकेको बोरा फाली भाग्न खोज्दा उक्त प्रहरीको टोलीले निज राम कुमार प्रजालाई नियन्त्रणमा लिएको हो । अन्य मानिसहरु फरार रहेको निजहरुको खोजतलास कार्य प्रहरीले जारी राखेको छ । उक्त बोरा खोली हेर्दा बोरा भित्र लागुऔषध गाँजा अन्दाजी १ क्विनटल १० किलोग्राम फेला परेको छ । घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार