प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१०-१८

  • A
  • A-
  • A+
Share

मकवनापुर, राक्सिराङ गाउँपालिका-५ चैनपुर बगर स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरी बाट प्रहारी निरिक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले बिशेष सुचनाको आधारमा चैनपुर मनहरी सडक खण्डमा लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने सोहि गाउँपालिका-५ बस्ने ३६ वर्षीय राम कुमार प्रजा रहेका छन् । ठाडेचुरी बाट घट्टे खोला तर्फ जाँदै गरेको ४/५ जना मानिसहरु पिठ्युमा बोरा बोकी हिडी रहेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देख्ना साथ पिठ्युमा बोकेको बोरा फाली भाग्न खोज्दा उक्त प्रहरीको टोलीले निज राम कुमार प्रजालाई नियन्त्रणमा लिएको हो । अन्य मानिसहरु फरार रहेको निजहरुको खोजतलास कार्य प्रहरीले जारी राखेको छ । उक्त बोरा खोली हेर्दा बोरा भित्र लागुऔषध गाँजा अन्दाजी १ क्विनटल १० किलोग्राम फेला परेको छ । घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार
अमेरिकी डलर सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार मित्रराष्ट्र चीनको मानसरोवरको लागी जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।– (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारि निज गाईड र उक्त परिमाणको अमेरीकी डलर सहित नियन्त्रणमा लिएको मानिस र उक्त परिमाणको अमेरीकी डलरलाई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको ।

लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।