प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा

२०८२-११-०७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुरम महानगरपालिका-११, भोजाडचोक स्थितमा प्रहरी बिट भोजाडबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ५ जनाको चेकिङ टोलीले पदमपुरबाट भोजाड तर्फ आउँदै गरेको ना २ ह २९४५ नं.को अटोलाइ रोकि चेकजाँच गर्ने क्रममा अटोमा सवार जिल्ला नवलपुर गैडाकोट नगरपालिका-६, बस्ने वर्ष ४३ को राम तामाङको साथबाट लागुऔषध भोमिन ४८० ट्याब्लेट र ट्रामाडोल ४६० ट्याब्लेट फेला परेको । निजलाइ लागुऔषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।