प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०५-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७ पेन्चे स्थित भित्रि सडक खण्डमा चैनपुरबाट मनहरी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ह ०१३२ नं.को अटोमा सवार जिल्ला पर्सा छिपरमाई गाउँपालिका-५ बस्ने वर्ष ५४ को रंभु राउत कुर्मी लाई शंका लागि ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी हवल्दारको  मोटरसाईकल गस्ति टोलीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई ल्याएको ३ किलो ७८५ ग्राम लागुऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।