प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध चरेस सहित मानिस नियन्त्रणमा

२०८१-०५-२१

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चोक स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले काठमाण्डौंबाट पथलैया तर्फ जाँदै गरेको ना ७ ख ६०६१ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडीको सिटमा बसेका जिल्ला धादिङ गजुरी गाउँपालिका-८, बस्ने वर्ष ३६ को सुकमान तामाङ र सोहि बस्ने वर्ष ४२ को केदार तामाङले बोकेको झोलाबाट लागुऔषध चरेस जस्तो देखिने पदार्थ अन्दाजी १४ किलो फेला परेको । निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । 

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।