प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०५-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९, रजैया स्थित पूर्व-पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ति टोलीले सोहि स्थित सडक छेउमा रोकि राखेको बा ६ च १८४७ नं.को कार लाई शंका लागी चेकजाँच गर्दा उक्त कार बाट ५ पोका (अन्दाजी ५०/६० किलो) लागुऔषध गाँजा फेला परेको थियो । जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१ जल्की बस्ने वर्ष अन्दाजी ३५ को गणेश थापालाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।