प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०५-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९, रजैया स्थित पूर्व-पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ति टोलीले सोहि स्थित सडक छेउमा रोकि राखेको बा ६ च १८४७ नं.को कार लाई शंका लागी चेकजाँच गर्दा उक्त कार बाट ५ पोका (अन्दाजी ५०/६० किलो) लागुऔषध गाँजा फेला परेको थियो । जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१ जल्की बस्ने वर्ष अन्दाजी ३५ को गणेश थापालाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।