प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित ३ जना मानिस नियन्त्रणमा

२०८२-०६-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, सनोटकोलेनि स्थित  भित्रि सडक खण्डमा बा.प्र.०३-००१ च ११२८ न.को डिआई पिकअप गाडी रोकि लागुऔषध बिक्रि वितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी हवल्दार डिल्लिराम शिवाकोटीको कमाण्डमा टोलि खटि गई चेकजाँच गर्दा उक्त गाडीको चालक सोहि स्थान बस्ने वर्ष अन्दाजी २६ को दिपेश खड्काको साथबाट लागुऔषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ८६० मिलिग्राम फेला परेको हुँदा सोहि गाडीमा सवार सोहि स्थान बस्ने वर्ष अन्दजी ३८ को दिपेश घिमिरे, वर्ष अन्दाजी ३४ को रामहरी अधिकारी सहित ३ जनालाई लागुऔषध र गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।