प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०४-१७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१७, गाजिपुर स्थित बस्ने र्ष ३२ को धिरज लामाले लागू औषध ब्राउन सुगरको कारोबार गर्छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको सादा पोसाकको टोलिले निज बस्ने घरमा गई खानतलासी गर्दा निजले आफ्नो हजुरआमा सुत्ने कोठामा ढोकाको कुनामा झुण्डाएर राखेको लेडिज साईड ब्यागको बाहिरी खल्तीमा प्लास्टिकको २ वटा सानो पोकामा खैरो हिरोईन जस्तो देखिने लागू औषध अन्दाजी तौल गर्दा १२ ग्राम जति फेलापरेको निजलाइ लागू औषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।