प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित १ जना पक्राउ

२०८०-०६-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१७, गाजीपुर बस्ने ३० वर्षीय धिरज लामाले आफ्नै घरबाट लागुऔषध बेचबिखन तथा सेवन गर्ने गरेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, फुलवारीबाट प्रहरी टोली खटि गई निज धिरज लामाको घरमा रितपूर्वक खानतलासी गर्दा पलास्टिकको प्याकेट गुलाबी रंगका ७ वटा पुरियामा पोका बनाई राखेको अवस्थामा लागूऔषध खैरो हिरोइन जस्तो पदार्थ अन्दाजी १ ग्राम बरामद गरि निजलाई पक्राउ गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।