प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०९-२१

  • A
  • A-
  • A+
Share

मकवानपुर, इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकचाँज गर्ने क्रममा जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, मनहरी बजार स्थित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, रमौली बस्ने अन्दाजी वर्ष २५ को बिजय घिसिङको साथबाट devoxin-२४ ट्यावलेट (२ पत्ता ४ ट्याबलेट) र TRAMALDOL HYDROCHLORIDE CAPSULES - ३३ ट्यावलेट (३ पत्ता ३ ट्याबलेट), सोहि लोथर-६, बस्ने अन्दाजी वर्ष २७ को कुल बहादुर थिङको साथबाट TRAMALDOL HYDROCHLORIDE CAPSULES-२०० ट्याबलेट ( २० पत्ता) र जिल्ला चितवन राप्ती नगरपालिका-१, लोथर बस्ने अन्दी वर्ष २६ को राजेश थापामगरको साथबाट  TRAMALDOL HYDROCHLORIDE CAPSULES-  २५० ट्याबलेट (२५ पत्ता) फेला परेको । निजहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।