प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०९-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थित भित्री सडक खण्डमा लागुऔषध बेचबिखन गरी रहेको छ भन्ने बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटि गई जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने वर्ष अन्दाजी २७ को बिबेक वाईबा र जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने वर्ष अन्दजी २९ को सुरज मगर लाई फेला पारी चेकजाँच गर्ने क्रममा बिबेक वाईबाको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ अन्दाजी ३ ग्राम लागुऔषध फेला पारी लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई निजहरुको साथमा रहेको ना. ४५ प. ५२१६ नं.को २२० cc को पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।