प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०३-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-८, सिम्पानी स्थित पूर्व पश्चिम सडक-खण्डमा ईलाका प्रहरी कार्यलय, मनहरी मकवानपुरबाट खटिएको टोलिले जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका-५ बस्ने वर्ष २६ को कृष्ण राउत थारू शंकास्पद रुपमा बसिरहेको अवस्थामा चेकजाँच गर्दा  निजलाई ४ किलोग्राम लागुऔषध गाजाँ सहित नियन्त्रणमा लिईएको छ । यस सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।