प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-१६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०३-००५प ९५९२ नम्बरको स्कुटर शंका लागी चेकजाँच गर्दा स्कुटर चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ बस्ने अन्दाजी ३० वर्षीय सुमन स्याङतानले बोकेको ब्यागमा लुकाइ छिपाइ ल्याएको डाइजापाम १२ एम्पुल, नुरफिन १९ एम्पुल, फेरानोन १६ एम्पुल र ४२ पिस एम्पुल फेला परेकोले निज र सोही स्कुटरको पछाडी सवार सोही ठेगाना बस्ने वर्ष १७ को प्रशुल देउवा र स्कुटर समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।