प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-१२

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९, भिमान चेकपोष्ट स्थित वि.पि. राजमार्गमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको चेकिङ टोलीले बर्दीबासबाट काठमाण्डौ तर्फ जादै गरेको म.प्र.०४-००१ज ०१५५ नम्बरको यात्रुबाहक EV हायस गाडिलाई रोकी चेक जाँज गर्दा गाडिको सिट नम्बर ६ मा सवार जिल्ला सर्लाही, बरहथवा नगरपालिका-७ बस्ने अन्दाजी ३० वर्षीय विक्रम चौधरीले लुकाई छिपाई ल्याएको रातो झोलाबाट लागू औषध (NITRAVET-10) - ९६ पत्ता (प्रति पत्ता ३० पिसको दरले जम्मा -२८८० पिस) र गाडिको छतमा राखेको जुटको बोराबाट लागू औषध ट्रामाडोल (TRAMADOL) - १,४५० पत्ता (प्रति पत्ता २० पिसको दरले जम्मा -२९,००० पिस) फेला पारी उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।