प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०५-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित पूर्व पश्चिम सडक खण्डमा गाडि चड्न उभिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको मोटरसाईकल गस्तिले शंङका लागि चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर राक्सिराङ  गाउँपालिका-३ बस्ने वर्ष अन्दाजी २२ को मंगलमान प्रजाले पछाडि भिरेको झोलमा लुकाई छिपाई रहेको अन्दाजी ५ किलो २८० ग्राम लागुऔषध गाँजा  फेला परेको थियो । निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी चोक स्थित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुमन चापागाईको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नं.को बसलाई रोकी चेकजाँच गर्दा जिल्ला धादिङ गल्छि गाउँपालिका-४, बेल्खु स्थित अम्लेश्वर पेट्रोल पम्पबाट उक्त बसमा चढेका वर्ष ४४ को बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारीलाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको २ वटा कालो झोला भित्र प्लाष्टिकले पोको पारेको अन्दाजी १ किलोग्राम बराबरको ४/४ वटा गरी ८ वटा पोकामा अन्दाजी ८ किलोग्राम बराबरको लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।