प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित एक जना पक्राउ

२०७९-१२-१४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-, माझीटार प्रहरी चेक प्वाईन्ट स्थित वि.पि. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले आवात जावात गर्ने सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ५ ख ३५५ नम्बरको हायसमा सवार जिल्ला सुनसरी, धरान उप-महानगरपालिका-१८ बस्ने २७ वर्षीय रोनाल्ड लिम्बुको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १०० मिलिग्राम र SPM-PRX + लेखिएको १० वटा क्याप्सुल समेत फेला पारी निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।