प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित २ जना पक्राउ

२०८०-०१-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, कैलाश गाउँपालिका-४, कटुन्जे बस्ने ४२ वर्षीय राधाकृष्ण रिजाल र सोही ठेगाना बस्ने ३८ वर्षीय उत्तम रिजालको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली खटी गई खानतलासी गर्दा उत्तम रिजालको घरबाट १८४ किलो १०० ग्राम लागुऔषध गाँजा, नगद रू. ५५,३६५।– र राधाकृष्ण रिजालको घरबाट ३२७ किलो ८०० ग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध गाँजा जम्मा ५११ किलो ९०० ग्राम र नगद सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।