प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा

२०८२-१०-१४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-१२, मिलनचोक स्थित प्रहरी चौकी नारायणगढ बसपार्कबाट प्रहरी वल्दारको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-, बस्ने वर्ष ४५ को चन्द्रबहादुर प्रजाको साथबाट कालो झोला २ वटामा लागुषध गाँजा अन्दाजी १५ किलोग्राम र नगद नेपाली रुपैयाँ रु ८१५ मोवाइल थान २ फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।