प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०३-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४, रोयल पार्टी प्यालेस अगाडी अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरमा कार्यरत प्रहरी कर्मचारी कामको शिलशिलामा बजार आउँदै गर्दा रोयल पार्टी प्यालेस अगाडी पैदल हिडिरहेका जिल्ला चितवन, राप्ती नगरपालिका-१, लोथर बस्ने वर्ष १७ को सौजन चेपाङ र सोही ठेगाना बस्ने वर्ष १४ को अर्जुन चेपाङलाई शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निजहरूले भिरेको झोलाबाट लागुऔषध गाँजा १२ किलोग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ जाँदै गरेको ना.६ ख.३५५७ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला रौतहट, माधव नारायण नगरपालिका-१ बस्ने अन्दाजी २७ वर्षीय महेश कुमार यादवले बोकेको भिर्ने झोलालाई  शंका लागी चेकजाँच गर्ने क्रममा उक्त झोला भित्र लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला परेको हुँदा लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।