प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा

२०८२-०९-०८

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित मानिस नियन्त्रणमा
२०८३-०३-१४

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासको संयुक्त टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको  चालक जिल्ला सिन्धुली कमलामाई नगरपलिका- १२ बस्ने बर्ष अन्दाजी-२५ को तुल बहादुर घिमिरेले चलाएको बा ४ ख २९६५ नम्बरको हायसमा सवार जिल्ला झापा कमल गाँउपालिका-५ बस्ने बर्ष अन्दाजी-२८ को पुजन थापालाई शंका लागि चेक जाजँ गर्दा निजले लगाएको जिन्स पाइन्टको गोजीमा लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २.१०० ग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।