प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०९-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६,  स्थित प्रहरी चौकी सुनाचुरी अगाडि पूर्व पश्चिम सडक खण्डमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख ३११७ नम्बरको बसलाई शंका लागि प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त बसको सहचालक जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका-७, टांगा बस्ने २७ वर्षीय पर्वत दोर्जे योन्जनले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको अन्दाजी ३ किलोग्राम लागु औषध गाँजा फेलापारी, चालक जिल्ला सल्यान, सारदा नगरपालिका-८, सिमपानी बस्ने ३१ वर्षीय राज कुमार ऐरी र सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।