प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०९-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६,  स्थित प्रहरी चौकी सुनाचुरी अगाडि पूर्व पश्चिम सडक खण्डमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख ३११७ नम्बरको बसलाई शंका लागि प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त बसको सहचालक जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका-७, टांगा बस्ने २७ वर्षीय पर्वत दोर्जे योन्जनले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको अन्दाजी ३ किलोग्राम लागु औषध गाँजा फेलापारी, चालक जिल्ला सल्यान, सारदा नगरपालिका-८, सिमपानी बस्ने ३१ वर्षीय राज कुमार ऐरी र सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।