प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५, सानोपोखरा चोक स्थित पुष्पलालपार्क जाने बाटोमा बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले सोहि हेटौंडा उपमहानगरपालिका-९, त्रिवेणी बस्ने वर्ष अन्दाजी २२ को सुमित थापा मगरलाई रोकी चेकजाँच गर्दा लागुऔषध खैरो हिरोहिन जस्तो देखिने पदार्थ रातो प्लाष्टिकमा २४ पोका फेला परेको । निजले प्रयोग गरेको ना २३ प ४३४ नं. को मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।