प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-११-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७, हटिया स्थित वडा कार्यालय अगाडी  धरान चतरा सडकखण्डमा अस्थाई प्रहरी पोष्ट हटियाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले सडक छेउमा पैदल हिँडिरहेको जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-८, घर बताउने अन्दाजी वर्ष ५३ को सोम बहादुर घिसिङलाई शंका लागी चेकजाँज गर्दा निजले बोकेको कालो झोला भित्र रातो प्लाष्टिकले बेरी ल्याएको अन्दाजी २ किलो लागुऔषध गाँजा फेला परेको । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । 

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।