प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित तीन जना मानिस नियन्त्रणमा

२०८२-१०-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९, ज्यामिरे स्थित पुर्व पश्चिम सड्क खण्डबाट अन्दाजी १५० मिटर भित्री सड्क खण्डमा रोकी राखेको UP32FF0055 नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटीएको गस्ति टोलीले उक्त कारमा रातो प्लास्टिकले बेरेको पोका लोड गरी राखेको अबस्थामा देखी चेकजाँच गर्दा लागुऔषध गाँजा अन्दाजी ७ किलो बरामद भएको । कार र कारमा सवार देश भरत उत्तर प्रदेश जिल्ला मुजफरपुर थाना कोतपाल बस्ने अन्दाजी वर्ष २३ को मुसिर मिया, सोहि बस्ने वर्ष २० को जुबेर मिया र सोहि वस्ने वर्ष ४० की साबिता खातुनलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१५० ग्राम लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८३-०७-२३

मिति २०८३।०७।२३ गते अन्दाजी १९:०० बजेको समयमा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.-२ लोकप्रिय मोड स्थितमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडा सहितको संयुक्त प्रहरी टोलीले सडक छेउमा शंकास्पद रूपमा बसिरहेकी जिल्ला मकवानपुर बागमती गा.पा.-६ फापरबारी बस्ने वर्ष अन्दाजी २५ की रुपा विश्वकर्मालाई रितपुर्वक खानतलासी गर्दा निजको दाहिने हातमा समाती राखेको अवस्थामा लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ स-साना प्लाष्टिकको २ वटा पुरिया तौल गर्दा १५० मिलिग्राम फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ । 

खैरो हिरोईन सहित मानिस पक्राउ
२०८३-०७-२१

मिति २०८३।०७।२१ गतेको अन्दाजी १६:०७ बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.-११ थानाभर्‍याङ मिलन चोक स्थित लागूऔषध बिक्री वितरण भएको भन्ने सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली खटि गई उल्लेखित स्थानको भित्रीबाटोमा हिडिरहेको अवस्थामा हेटौंडा उ.म.न.पा.‍-११ नमुनाचोक डेरा गरी बस्ने वर्ष अन्दाजी २६ को सानु भाई नेपालीलाई चेकजाँच गर्दा निजको साथबाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ तौल ३१० (तिन सय दश) मिलिग्राम फेला परेको हुँदा लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८३-०७-२०

मिति २०८३।०७।२० गते अन्दाजी ०५:३० बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-०६ लोथर खोला स्थित भित्री कच्ची सडक खण्डमा कालो झोला बोकी पैदल आईरहेका जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-७  रिन्चिराङ बस्ने वर्ष २५ को रेवन प्रजा र वर्ष २० को जेन्सन प्रजालाई चेकजाँच गर्दा कालो झोला भित्र लुकाई छिपाई राखेको प्लाष्टिकले बेरिएको अवस्थामा २२.०५४ के.जी. लागूऔषध गाँजा बरामद गरिएको हो । बरामद लागूऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुपदार्थ सेवन चेकिङको क्रममा ३ सवारी चालक सहित मोबाइल नियन्त्रणमा
२०८३-०७-१९

जिल्ला ट्राफिक प्रह.ा री कार्यालय मकवानपुर, प्रहरी चौकी रातोमाटे मकवानपुर र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लगायत गरि १० जनाको संख्यामा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका- १५ रातोमाटे चेकपोईन्ट स्थितमा भएको चेकिङमा ५१ वटा सवारी साधनको लागुपदार्थ सेवन चेकजाँच गरेकोमा २ वटा सवारी चालकको लागुपदार्थ सेवन पोजेटिभ (Positive) भएकोले २ वटै सवारी साधन लाई प्रहरी चौकी रातोमाटे मकवानपुरको नियन्त्रणमा राखिएको,  ना.१ ज.१९२२ नं. को सुमो चालकको  साथमा ५ थान एप्पल कम्पनी (Iphone-13 सिरिजका कभर हटाई ल्याईएका) फोनको  बिल बिजक नभएकोले उक्त ५ वटा फोन सहित सवारी चालक समेत र ला.प.से.पोजेटिभ (positive) देखिएका २ जना चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई, आवश्यक अनुसन्धान कार्य भईरहेको ।  

लागुऔषध सहित २ जना मानिसहरु नियन्त्रणमा
२०८३-०७-१९

जिल्ला काभ्रेपलाञ्चोक, प्रहरी चौकी पाँचखालबाट खटिएको गस्ति प्रहरी टोलीले जिल्ला काभ्रे पाँचखाल नगरपालिका-४ स्थित तामाघाटमा बसिरहेको अवस्थामा जिल्ला काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने बर्ष ३२ को सरोज रम्तेल र ऐ.०७ बस्ने बर्ष २४ को सुदिप मिजार दुवै जना माथी संका लागी सोधपुछ तथा चेकजाँच गर्दा निजहरुको साथबाट ट्रामाडोल ५ पत्ता (४७ ट्यावलेट), स्पास २ पत्ता (१७ ट्यावलेट), डिवोमिन २ पत्ता (१७ ट्यावलेट) र खुल्ला रातो १ ट्यावलेट लागुऔषध   फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाएको, आवश्यक अनुसन्धान कार्य भई रहेको ।