प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

५,७५० लागुऔषध ट्याबलेट सहित २ जना मनिस नियन्त्रणमा

२०८२-०१-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले बाराको सिम्रनगढबाट हेटौंडा तर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००१च १४३८ नं.को योद्धा पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको बर्नटमा लुकाई छिपाई ल्याएको लागुऔषध TEERSCEN-5 लेखेको TRAMADOL HYDROCHLORIDE CAPSULE I.P 50 mg लेखेको एकिन गर्दा ५,७५० (पाँच हजार सात सय पचास) पत्तामा ५७,५००।– (सन्ताउन्न हजार पाँच सय) ट्याबलेट फेला परेको । उक्त लागुऔषध सहित गाडी र गाडी चालक जिल्ला बारा पचरौता नगरपालिका-७, बेनौली बस्ने वर्ष अन्दाजी २४ को जयनाथ पासवान र सह-चालक सोहि बस्ने वर्ष अन्दाजी २३ को सुनिल पटेललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भई रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बुद्धचोक स्थित सार्वजनिक स्थलमा लागुऔषध ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को विजय सहनीलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राजेपाम ५७ पत्तामा (५७० ट्याबलेट) रहेको र निजसँगै रहेको जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १८ को मनिस गुप्तालाइ समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।