प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०७-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उपमहानगरपालिका-१९ बस्तिपुर स्थितमा डेरा गरी बस्ने वर्ष २१ को सन्तेन लामाले डेरामा लागुऔषध लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी लेवर्टबाट टोली खटी गई चेक जाँच गर्दा लुकाई छिपाई राखेको स्टेगन ४७ पत्ता १७ ट्याब्लेट (४८७ ट्याब्लेट),  १४ पत्ता २ ट्याब्लेट (१४२ ट्याब्लेट), नगद रू १५,२००(पन्ध्र हजार दुई सय) र एक थान मोवाईल फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिईएको छ ।

सम्बन्धित समाचार
दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।