प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-१२-०४

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगपालिका-२, राईटोल स्थित विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, भण्डारा, चितवनबाट खटिएको गस्ति टोलीले अन्दाजी ६०/६५ किलोग्राम लागुऔषध गाँजा बोकी ल्याउदै गरेको जिल्ला चितवन, राप्ती नगरपालिका-१२ बस्ने ३२  वर्षीय चन्द्र बहादुर प्रजा लागुऔषध गाँजा सहित पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

काभ्रेपलाञ्‍चोक, पाँचखाल नगरपालिका-२, देवीस्थान बस्ने ३० वर्षीय विश्व तामाङले लागु औषध (गाँजा) विक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले चेकजाँच गर्दा निजले आफ्नै घरमा लुकाई छिपाई राखेको  अन्दाजी १० किलोग्राम गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।