प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-११-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ४१५२ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तेह्रथुम, लालीगुराँस नगरपालिका-२ बस्ने अन्दाजी २५ वर्षीय चरन राईलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध नाईट्रोभेट २ फाईल २० ट्याब्लेट फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार