प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०१-१४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-६, माझीटार चेकपोष्ट स्थित वि.पी. राजमार्गमा खटिएको प्रहरी टोलीले मोरङबाट काठमाण्डौं तर्फ जाँदै गरको बा ५ ख ७३० नम्बरको हायस चेकजाँच गर्दा उक्त हायसमा सवार जिल्ला मोरङ, वेलबारी नगरपालिका-७ बस्ने २९ वर्षीय सुजन ठकुरीले बोकेको झोलामा लुकाई राखेको PHENIRAMINE MALEATE लेखिएको एम्पुल २, लागुऔषध जस्तो देखिने नाम नलेखिएको पहेलो एम्पुल ४, सेतो रङको एम्पुल २ र गाँजा जस्तो देखिने पदार्थ ५ ग्राम समेत फेला पारी निजलाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी चोक स्थित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुमन चापागाईको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नं.को बसलाई रोकी चेकजाँच गर्दा जिल्ला धादिङ गल्छि गाउँपालिका-४, बेल्खु स्थित अम्लेश्वर पेट्रोल पम्पबाट उक्त बसमा चढेका वर्ष ४४ को बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारीलाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको २ वटा कालो झोला भित्र प्लाष्टिकले पोको पारेको अन्दाजी १ किलोग्राम बराबरको ४/४ वटा गरी ८ वटा पोकामा अन्दाजी ८ किलोग्राम बराबरको लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।