प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित एक जना पक्राउ

२०७९-१२-१३

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-, माझीटार प्रहरी चेक प्वाईन्ट स्थित वि.पि. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले कटारीबाट काठमाण्डौं तर्फ जान आउँदै गरेको मधेश प्रदेश ०१-००१ ज ०१०७ नम्बरको सुमो गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार जिल्ला उदयपुर, कटारी नगरपालिका-३ बस्ने २१ वर्षीय एल्बिन खड्काले बोकेको झोला भित्र लागुऔषध (CodiWell)100 ML को बोतल ४३ वटा र सोही झोला भित्र (DIALEX-DC) 100 ML को बोतल ५० वटा समेत गरी जम्मा ९३ वटा बोतल लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मानिस मृत्यु
२०८३-०५-२५

चितवन, रत्ननगर नगरपालिका-३ पुरानो यमहा सोरुम अगाडी पुर्व पश्चिम राजमार्गमा टाँडीबाट खैरहनी तर्फ जादै गरेको ना३ ख ५१८७ नम्बरको फुटकर लोड ट्रकले खैरहनीबाट टाँडी तर्फ आउँदै गरेको ना ३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ४३ को दिपेन्द्र बर्तौला घाईते भई उपचारको लागी नया मेडिकल कलेज भरतपुर पठाएको , सोही स्कुटर सवार ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३९ को पृतम मोक्तानको शरीरको विभिन्न भागमा चोट लागी घाईते भई उपचारको लागी स्थानिय बकुलहर हस्पिटल टाँडीमा पठाएकोमा उपचारको क्रममा  चिकित्सकले मृत्यु घोषणा गरेको छ, ट्रक चालक जिल्ला पर्सा कालिकामाई गाउँपालिका-१ बस्ने वर्ष अन्दाजी ३६ को रन्जित कुमार पटेल प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धी थप अनसन्धान कार्य भई रहेको छ ।  

भोटेकोशी बाढी अपडेट: १ हजार ३ सय ६५ जनाको शव फोला
२०८३-०५-२४

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ :०० बजे सम्म १ हजार ३ सय ६५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ७४ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २६ जना र नवलपरासी पश्‍चिम २ सय २२ जना गरी १ हजार ३ सय ६५ जनाको शव फेला परेको हो ।  फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९८ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय १० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ३० जना व्यक्तिहरूलाई राखिएको छ ।